कार्यालय समयमा अनुपस्थित सहसचिवसहित १०३ जना कर्मचारी कारबाहीमा
काठमाडौँ । कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन् ।
मन्त्री अमनलाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरी पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए । सोही क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेका कर्मचारीहरूको सोमबारको हाजिरीमा रातो लगाइएको छ । सचिव डा. पुष्करले ती कर्मचारीहरूको हाजिरीमा रातो लगाएका हुन् ।
कारबाहीमा पर्नेमा सहसचिव १ जना र उपसचिव २३ जना छन् । त्यसैगरी ३६ जना शाखा अधिकृत र ४१ जना नासु तथा सहायकस्तरका कर्मचारी कारबाहीमा परेका छन् ।
‘सुशासन कायम गर्ने विषय नै हाम्रो पहिलो प्राथमिकताको विषय हो’ आफूले सम्हालेका मन्त्रालयका कर्मचारीमाथि कारबाही प्रारम्भ गरेपछि मन्त्री मोदीले भने, ‘बिहानको सवा १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएका कर्मचारीको हाजिरीमा रातो लगाउन थालेका छौँ, यो प्रक्रिया जारी रहन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण