‘खडेरीले खेती खायो, हामीले के खाने ?’
दाङ । घोराही उपमहानगरपालिका–१२ तुलसीजंगका किसान बुद्धिराम खनालको १० कट्ठा बारीको बर्खे मकै खडेरीले पुरै खाएर कक्रक्क सुकेको छ ।
तुलसीजंग हापुरको मकै खेती धेरै हुने गाउँ हो । खडेरीले बारीको मकै खाँदा अनि खेतमा ब्याड राख्न नपाउँदा यस वर्ष अन्नपात बेसाह गरी खानुुपर्ने बाध्यता पर्छ कि भन्ने चिन्तामा परेको खनालले सुनाए ।
उनले भने,‘बारीमा मकै छैन, खडेरीले खायो । खेतमा ब्याड राख्न पानी छैन । बेसाह गरम धनपैसा छैन, खडेरीले किसानलाई भोकै मार्ने भयो । यो वर्ष के खाने हो ?’
जेठमा अन्तिम साता दाङमा मकै गोडमेल गर्ने र धान रोपाइँका लागि ब्याड राख्ने उचित समय हो । तर, पछिल्लो एक सातादेखि बढ्दै गइरहेको खडेरीका कारण किसानहरु टाउकोमा हात राख्दै बस्नु परेको सोही गाउँकी अर्की किसान रिता भट्टराईले पीडा पोखिन् ।
खडेरीका कारण कतै उम्रिएको मकैवाली सुकिसकेका छन् भने कतै रोपेको मकै समेत उम्रिन सकेको छैन । मकै खेतीको लागि उपयुक्त समयसमेत गुज्रिसकेको छ ।

खडेरीले खेती भएन
दाङमा कुलखेतीयोग्य जमिन ६५ हजार ९८० हेक्टर जमिनमध्ये बर्खेवाली मकै खेती १७ हजार ८५० हेक्टर र धान करिब ३६ हजार हेक्टरमा हुँदै आएको छ ।
तर, यस वर्ष असार सुरु हुँदासम्म पनि करिब ३० प्रतिशतमा मात्रै मकै खेती भएको छ । त्यो पनि खडेरीका कारण सुकिसकेको छ । खडेरीका कारण मकै सुकेको र धान रोपाइँमा ढिलाइ भइरहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए ।
यस वर्ष दाङमा मकै र धानवालीको उत्पादनमा भारी गिरावट आउने सम्भावना रहेकाले किसानले यस वर्ष अन्य पानी कम लाग्ने वालीको छनौट गरी खेती गर्न लामिछाने सुझाउँछन् ।
दाङको कुल खेतीयोग्य जमिन ६५ हजार ९८० हेक्टरमध्ये १९ हजार ६८७ हेक्टर क्षेत्रफलमा वाह्रैमास सिँचाइ सुविधा पुगेको छ भने ३९ हजार १८० हेक्टरमा आंशिक सिँचाइ हुँदै आइरहेको छ । त्यस्तै, ७ हजार ११३ हेक्टरमा आकाशे पानीको भरमा खेती हुँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण