शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेस अध्यक्ष लिजीबीच भेटवार्ता

मङ्गलबार, ३० जेठ २०८०, ०८ : ०१
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरुले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौं देखि सौहार्दपूर्ण एव्म अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी वर्षहरुमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताएका छन्। 

अध्यक्ष तिमिल्सिनाले विकासको साझेदार र असल छिमेकीको रुपमा नेपालले चीनसँगको सम्बन्धलाई सधै उच्च महत्व र प्राथमिकता दिँदै आएको बताए । यस्तै उनले नेपाल सधै एक चीन नीतिको पक्षमा रहेको समेत पुन दोहोराए ।

पछिल्ला दिनहरुमा नेपाल र चीनको विद्यायिकी सम्बन्ध विस्तार हुँदै गएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध लगायत हाम्रा दुई विधायिकाबीचको सम्बन्धलाई समेत थप मजबूत बनाउनेछ बिश्वास पनि व्यक्त गरेका छन् ।

चीन नेपालका पर्यटक स्रोत मुलुकहरुमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै आउट ब्याण्ड टुरिष्ट ग्रुप मा राखेकोमा खुसी पनि व्यक्त गरे । चिनियाँ ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुरूयाउनेमा विश्वस्त रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले चीनका विभिन्न सहरबाट सोझो उडान हुने विश्वास व्यक्त गरे ।

नेपाल चीनबीच केरुङ-रसुवागढी, हिल्सा-पुराङ र तातोपानी-झाङमु नाकाहरु मार्फत दुईतर्फी व्यापार सुचारु भएको उल्लेख गरे । आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाकाहरु सञ्चालन हुने उनको विश्वास छ । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगको लागि उनको अनुरोध थियो । 

उक्त भेटमा चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लिजीले भ्रमणका क्रममा नेपाली पक्षले उठाएका विषयलाई चीनले गम्भीरतापुर्वक लिने र कार्यान्वयन गर्दै जाने आश्वासन दिए। उनले चीनको छेन्दुबाट पोखरा उडानका लागि चीन तयारी अवस्थामा रहेको जानकारी दिएको अध्यक्षको सचिवालयले जनाएको छ ।

'पोखरा बिमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी छ,' उनले भने । अध्यक्ष तिमिल्सिना ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधी मण्डलको नेतृत्व गरेर चीन भ्रमणमा रहेका छन । तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

चीनको औपचारिक भ्रमणमा रहेको नेपाली साँसदहरुको प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदिप यादव तथा राष्ट्रिय सभाका सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा पनि चीन भ्रमणमा सहभागी छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप