बालकृष्ण खाँणको तर्फबाट आजबाट २५ जना वकिलले बहस गर्ने
मङ्गलबार, ३० जेठ २०८०, ०८ : ४२

काठमाडौँ । आज पूर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट थुनछेक बहस हुँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडको पक्षमा आजबाट २५ जना वकिलहरूले बहस गर्नेछन् ।
अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटौँमा पूर्व महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका पूर्व र वर्तमान अध्यक्षसहित २५ जनाले बहसका लागि नाम टिपोट गराएका छन् । सो प्रकरणमा मुछिएर पक्राउ परेका मध्ये अब खाँडसहित ६ जनाको थुनछेक बहस हुन बाँकी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्य विरुद्धको अपराध, सङ्गठित अपराध, ठगीसहित चारवटा अभियोगमा ३० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जसमध्ये हालसम्म पक्राउ परेका १८ अभियुक्तको तर्फबाट गत बुधबारदेखि बहस सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल