बालकृष्ण खाँणको तर्फबाट आजबाट २५ जना वकिलले बहस गर्ने
मङ्गलबार, ३० जेठ २०८०, ०८ : ४२
काठमाडौँ । आज पूर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट थुनछेक बहस हुँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडको पक्षमा आजबाट २५ जना वकिलहरूले बहस गर्नेछन् ।
अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटौँमा पूर्व महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका पूर्व र वर्तमान अध्यक्षसहित २५ जनाले बहसका लागि नाम टिपोट गराएका छन् । सो प्रकरणमा मुछिएर पक्राउ परेका मध्ये अब खाँडसहित ६ जनाको थुनछेक बहस हुन बाँकी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्य विरुद्धको अपराध, सङ्गठित अपराध, ठगीसहित चारवटा अभियोगमा ३० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जसमध्ये हालसम्म पक्राउ परेका १८ अभियुक्तको तर्फबाट गत बुधबारदेखि बहस सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण