जुवातास खेलिरहेको अवस्थामा काठमाडौँको भोटेबहालबाट १३ जना पक्राउ
मङ्गलबार, ३० जेठ २०८०, ११ : ३७

काठमाडौँ । काठमाडौंको भोटेवहालस्थित शान्तिमार्गबाट १३ जना जुवाडे पक्राउ परेका छन् । स्थानीय शेर बहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका-१ घर भई सोही महानगरपालिका-११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रूपैयाँ, १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने
-
डान्सर स्वस्थानीलाई प्रश्न : नृत्यलाई समाजले कसरी हेर्छ ?
-
महिला टी–२० विश्वकप छनोट : टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णय
-
पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
-
साढे ३ करोडमा पोखरा-२६ को वडा कार्यालय बन्ने
-
रामेछापमा दम्पतीलाई निर्घात कुटपिट गरेर लुटेको आरोपमा एक जना पक्राउ