सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रुसद्वारा नक्कली शत्रुको पनडुब्बी जहाजमाथि आक्रमण

मङ्गलबार, ३० जेठ २०८०, १२ : ०१
मङ्गलबार, ३० जेठ २०८०

रुस । रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ । 

फ्रिगेट मार्शल शापोश्निकोभ र दुई ठुला पनडुब्बी विरोधी जहाजहरू एडमिरल ट्रिबट्स र एडमिरल पेन्टेलेभ मिलेर बनेको समूहले सिमुलेटेड पनडुब्बी रहेको शङ्कास्पद स्थानमा आक्रमण गरेर नष्ट गरेको प्रेस सेवाले जनाएको छ । 

प्यासिफिक फ्लीट कमाण्डर एडमिरल भिक्टर लिनाको नेतृत्वमा ६० भन्दा बढी युद्धपोत र सहयोगी जहाज, ३५ नौसैनिक विमान, तटीय सेना र ११,००० भन्दा बढी सैनिकहरू सम्मिलित अभ्यासहरू जुन ५ देखि २० सम्म हुँदैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप