मधेस प्रदेशसभाको आकस्मिक बैठक आह्वान : विश्वासको मत लिँदै मुख्यमन्त्री
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलवार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । मुख्यमन्त्री यादवले आकस्मिक रूपमा आजै विश्वासको मत लिन लागेका हुन् ।
मधेस प्रदेशको प्रदेशसभा बैठक अगामी जेठ ३२ गते बस्ने भनिएकोमा आज आकस्मिक रूपमा बैठक डाकेर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाको आकस्मिक बैठक मङ्गलवार साँझ ५ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । एमालेसहितका दलको समर्थनमा गत पुस २७ गते यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, एमाले गत चैत २१ गते मधेस सरकारबाट बाहिरिएको थियो भने जेठ १ गते समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपछि आज तीस औँ दिनको दिन आकस्मिक बैठक बोलाएर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
त्यसका लागि मङ्गलवार बिहान मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकले ३२ गते विश्वासको मत लिइए दिनको हिसाबले कानुनी अड्चन आउन सक्ने भएकाले आजै विश्वासको मत लिने निर्णय गरेको थियो । सोही अनुसार हतारमा बैठक आह्वान गरिएको हो ।
प्रदेशसभा सचिवालयले सांसदहरूलाई मोबाइलमा एसएमएस पठाएर आज साँझ ५ बजे बैठकमा सहभागी हुन सूचित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
-
सरकारले संकलन गर्यो ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरी
-
बालेन सरकारको एक्सनः ११८ अर्बको बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण