प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सले पाए मर्जरको अन्तिम स्वीकृति
काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरका लागि अन्तिम स्वीकृति पाएका छन् । यी दुई कम्पनी मिलेर बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लागि नियामक नेपाल बीमा प्राधिकरणले सोमबार अर्थात् जेठ २९ गते अन्तिम स्वीकृति दिएको हो ।
मर्जरमा जाने प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको गत जेठ २६ गते बसेको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यस लगत्तै दुवै कम्पनीले २०७९ असार ३० गते मर्जरको लागि प्रारम्भिक सहमति गरेका थिए ।
दुवै कम्पनीको २०७७-७८ को सम्पत्ति दायित्वको मुल्याकंनमा भारतीय बीमा कम्पनीले ढिलाइ गरिदिँदा मर्जर प्रक्रिया केही ढिला हुन पुगेको थियो । यद्यपि, मर्जरका लागि प्राधिकरणबाट अन्तिम स्वीकृति पाएसँगै यी दुई कम्पनी मर्जरमा जाने पक्का भएको छ ।
१ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेका यी दुई कम्पनी मर्जर पश्चात् प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेड नाम रहनेछ। मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)हाल रमेश कुमार भट्टराई बन्ने छन् भने अध्यक्षमा प्रभु लाइफबाट मनोनीत हुने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण