राष्ट्रपति अस्वस्थ
राष्ट्रपति पौडेलको मुटुमा समस्या, गंगालालमा भर्ना
मङ्गलबार, ३० जेठ २०८०, १४ : ५३
३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि ७९ बर्षीय पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनको मुटुमा समस्या पाइएपछि अहिले अब्जरबेशनमा राखेर उपचार भइरहेको छ ।
राष्ट्रपति पौडेललाई बिहान ७ बजे अस्पताल लगिएको उनकाे सचिवालयका एक सदस्यले राताेपाटीलाई बताए ।
राष्ट्रपति पौडेल अहिले भीआईपी क्याबिन चिकित्सकको निगरानीमा रहेको ती सदस्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स