सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

के क्वालालम्पुर–भैरहवा उडानले निरन्तरता पाउला ?

मङ्गलबार, ३० जेठ २०८०, १५ : ४४
मङ्गलबार, ३० जेठ २०८०

बुटवल । मलेसियाको क्वालालम्पुर विमानस्थलबाट उडेको नेपाल एयरलाइन्सको विमान मंगलबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो । 

यो उडानसँगै नेपाल एयरलाइन्सले सुरुमा हप्तामा एक दिन उडान गर्ने र पछि सेवा विस्तार गर्दै जाने घोषणा गरेको छ । 

नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानमा ९० जना यात्रु  सवार थिए । 

आज  भैरहवामा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सुरुका चरणमा पाइला सार्न गाहै्र भए पनि  पाइला चालेपछि गन्तव्यमा पुगिने बताएका छन् । 

उनले विमान  चलाउनेको लागि विमानस्थल निर्माण भएको भन्दै हप्तामा एक दिनबाट बढाउँदै लैजाने घोषणा गरे । 

अहिले मलेसिया–भैरहवाको ३१ हजार र मलेसिया–काठमाडौँ ५६ हजार रुपैयाँ भाडा दर तोकेको नेपाल वायु सेवा निगमका सहप्रवक्ता गणेश घिमिरेले बताए । 

गौतम बुद्ध विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले  विजनेशको हिसाबले एयरलाइन्सले सेवा निरन्तरता दिनेमा आफूहरू विश्वस्त रहेको बताए । 

नेपाल  वायु सेवा निगमका पूर्व महाप्रबन्धक केशवराज खनालले सस्तो हुँदा  सुरुमा  भैरहवा  झार्ने मात्रै गरे पनि पछि  भैरहवाबाटै उडाउने पनि गर्दा  सफल हुने  सक्ने बताए ।

उनले मलेसियामा भारतका कामदारहरू धेरै जाने भएको हुँदा भैरहवाबाट सस्तो टिकटले नेपालीसँगै भारतीय पनि लैजान सक्ने अवसर रहेकोले नेपाल एयरलाइन्स सफल  हुन सक्ने बताए । 

यता नेपाल ट्राभल एन्ड टुर (नाटा) का लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष  सागर अधिकारीले अहिले हप्ताको एक दिन नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा सेवाको खासै औचित्य नभएको टिप्पणी गरे ।  

उनले भैरहवामा चढाउन नपाउने भएपछि कति दिन अफरको नाममा कम्पनीले नोक्सान व्यहोर्न सक्छ भन्दै प्रश्न गरे । 

अलजजिरा एयरलाइन्स र हिमालय एयरलाइन्सले केही अन्तर्राष्ट्रिय उडान गरेपनि अहिले रोकिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप