नक्कली भुटानी शरणार्थी प्रकरण : बहस लम्बियो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दाको थुनछेक बहस लम्बिएको छ । हिरासतमा रहेका १८ प्रतिवादीका तर्फबाट बहस सक्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले मंगलबारसम्मको समय दिएका थिए । तर खाणका पक्षमा १० जनाले वकालत गरेपछि मंगलबारको समय सकिएको थियो ।
पूर्वगृहमन्त्री खाणका तर्फबाट कानुन व्यवसायीहरू शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पंकज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए ।
खाणकाको पक्षका अरु वकिलहरुको बहस हुँन बाँकी नै छ। जसअनुसार बालकृष्णको सुनुवाइ आज पनि हुनेछ । त्यसपछि प्रतिवादी टेकनाथ रिजालका तर्फबाट १६ जना अधिवक्ताले बहस गर्ने छन् ।
यसैगरी आङटावा शेर्पाका तीन, हरिभक्त महर्जनका दुई र शमशेर मियाँ तथा लक्ष्मी महर्जनका एकरएक अधिवक्ताले बहस गरेपछि जवाफी बहस भएर आदेश जारी गर्नुपर्ने भएकाले १–२ दिन थप समय लाग्ने देखिएको छ। यसअघि न्यायाधीश न्यौपानेले इजलास सुरु गर्दा बुधबार आदेश दिनेगरी सुनुवाइ गर्ने बताएका थिए ।
तर अब प्रतिवादीहरूका तर्फबाट वकिलहरूले बहस सकेपछि सरकारी वकिलहरूले जवाफी बहस थाल्ने छन् । जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण