सन्दीप र दीपेन्द्रले क्यानडामा ग्लोबल टीट्वान्टी खेल्ने
काठमाडौं । नेपालका दुई चर्चित क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा ग्लोबल टीट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । सन्दीप प्रभावशाली स्पिनर हुन् भने दीपेन्द्र अलराउन्डर खेलाडी हुन् । यी दुई नेपाली खेलाडीलाई मंगलबार राति दुई फरक क्लबले आबद्ध गरेका हुन् । खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे जागवार्सले आफ्नो टोलीमा अनुबन्ध गराएको हो । दीपेन्द्रलाई भने मोन्ट्रियल टाइगर्सले अनुबन्ध गरेको हो ।
सन्दीपले यसअघिका दुवै सिजनमा पनि ग्लोबल टीट्वान्टी लिग खेलेका थिए । पहिलो सिजन मोन्ट्रियल टाइगर्समा आबद्ध भएका सन्दीपले दोस्रो सिजन टोरन्टोबाट खेलेका थिए । दीपेन्द्रले भने पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् । ग्लोबल टीट्वान्टी लिग खेल्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले यो लिग खेलिसकेका छन् । ग्लोबल टीट्वान्टी लिग आगामी जुलाई २० देखी अगस्त ६ तारिखसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण