अध्यादेशबाटै बजेट ल्याउने एमालेको संकेत, विपक्षीको विरोध
विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाटै बजेट ल्याउने संकेत गरेको छ । कोशी प्रदेशसभामा दलहरुको तर्फबाट सम्बोधन गर्ने क्रममा नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले यस्तो संकेत गरेका हुन् ।
उनले सरकारले आजै प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास नहुने आशङ्का बढेकोले बजेट ल्याउने विषयमा अर्को बाटो अपनाउन सक्ने बताए । ‘बहुमत स्थापित गर्न सकिन्छ भने संसदबाट बजेट ल्याइन्छ । होइन भने अर्को बाटोबाट भएपनि ल्याइन्छ । अब नीति तथा कार्यक्रम पारित नहुने आशङ्का उत्पन्न भयो,’ भण्डारीले भने । उनले रोष्टममा आएर आजै विश्वासको मत लिन भन्नु अपेक्षा विपरीत रहेको पनि बताए ।
मुख्यमन्त्रीले आज राजीनामा दिएको खण्डमा अर्को सरकार गठन भएर संवैधानिक व्यवस्थाअनुसार असार १ गते बजेट ल्याउन सम्भव नहुने उनको जिकिर छ ।
यसअघि विपक्षी सांसदले आजै विश्वासको मत लिएर मात्रै वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिएका थिए । भण्डारीले अध्यादेशबाट बजेट ल्याउँदा असंवैधानिक नहुने भन्दै संवैधानिक बाटोबाटै बजेट आउने बताए ।
आजकै प्रदेशसभामा सम्बोधन गर्दै विपक्षी दल काँग्रेसका सांसद केदार कार्कीले भने सरकारले आफू अल्पमतमा रहेको बेला प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेर संसद र प्रदेश प्रमुखको अपमान गरेको बताए ।
‘सरकारले समर्थन गुमाइसकेको छ । त्यसैले, प्रदेश प्रमुखलाई ल्याएर वाचन गर्न लगाउनु संसदको, प्रदेश प्रमुखको अपमान भयो । कार्कीले भने, ‘बजेट अधिवेशनलाई अन्त्य गर्ने अरे । बजेट नल्याई बजेट अधिवेशन कसरी अन्त्य हुन्छ ?,’ विश्वासको मत लिन अझै समय भएको उनको भनाई थियो ।
‘भोलि विश्वासको मत लिएर पर्सि बजेट ल्याउने समय छ । दिउँसो मात्रै नभएर राती पनि जनताको विषयमा छलफल गरौंला, बहस गरौंला, बजेट ल्याउन पनि असार १ गते राती १२ बजेसम्मको समय छ । मुख्यमन्त्रीलाई म भन्छु हिम्मत गर्नुहोस् । हिम्मत नै छैन भने छोडिदिनुहोस् ।’ कार्कीले अगाडि भने । उनले सभामुखबाट विश्वासको मत लिन सरकारलाई रुलिङ गर्नुपर्ने जिकिर पनि गरे ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटअघि विश्वासको मत लिनुपर्नेमा जोड दिए । ‘प्रदेशसभामै बजेट ल्याउनु पर्छ, यो बाटो (अध्यादेश) को बाटोमा नजानु,’ उनले आग्रह गरे ।
माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले पनि पहिले विश्वासको मत लिएर मात्रै अरु विषयमा छलफल गर्नुपर्नेमा जोड दिए । ‘पहिले विश्वासको मत लिनुपथ्र्यो । त्यसपछि नियमित प्रक्रियामा जान सजिलो हुन्थ्यो,’ उनले भने, ‘कोशी प्रदेशले संवैधानिक प्रक्रियाभन्दा बाहिरबाट अभ्यास गरिरहेको छ भन्ने सन्देश देशैभरी गयो भने संघीयता विरोधीको मनोबल बढ्छ ।’
राप्रपाका सांसद अम्बर बहादुर विष्टले भने सरकारले ल्याएको नीति तथा कार्यक्रमको बचाउ गरे ।
आजको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने प्रदेश प्रमुख पर्शुराम खापुङलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको छ । प्रदेशसभाको अर्को बैठक बिहीबारको लागि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण