शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरीलाई खसी नदिएको झोकमा चोरीको आरोप लगाइयो : सांसद सिंह

बिहीबार, ३२ जेठ २०८०, १३ : २७
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले केही दिन अघि सर्लाहीमा किसानले पालेको ४२ वटा खसी प्रहरीलाई खसी नदिएको झोकमा चोरी पैठारीको भनेर भन्सार पठाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मुस्लिम समुदायले पालेको उक्त खसी आफैँ पालेको भए पनि प्रहरीले रिसिइबी साधेर फसाइको उल्लेख गरे । उनले नियन्त्रणमा लिइएको खसी फिर्ता गर्न माग गरे । उनले सरकारले किसानलाई गाई, भैँसी र बाख्रापालनका लागि प्रोत्साहन गर्नुपर्ने जिकिर गरे ।

प्रतिनिधि सभा सदस्य रेखा यादवले नेपाली नागरिकहरुलाई नागरिकता नदिएर अनागरिक नबनाउन सरकारको ध्यानाकर्षण गराइन् । यादवले काठमाडौँको माइतीघरमा आन्दोलनरत नीरज कामतले नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा आत्मदाह गर्ने बाटोमा नपु¥याउन माग गरिन् ।

त्यसैगरी प्रतिनिधि सभा सदस्य अब्दुल खानले नागरिकताबाट वञ्चित नागरिकहरूले विभिन्न जिल्लाहरूमा आन्दोलन गरिरहेको भए पनि सरकारले ध्यान नदिएको बताए । उनले समस्या समाधानका निम्ति पहल नभएमा नागरिकताबाट वञ्चित नागरिकहरूले सामूहिक आत्मदाह गर्ने अवस्था आउन सक्ने भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप