प्रहरीलाई खसी नदिएको झोकमा चोरीको आरोप लगाइयो : सांसद सिंह
काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले केही दिन अघि सर्लाहीमा किसानले पालेको ४२ वटा खसी प्रहरीलाई खसी नदिएको झोकमा चोरी पैठारीको भनेर भन्सार पठाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मुस्लिम समुदायले पालेको उक्त खसी आफैँ पालेको भए पनि प्रहरीले रिसिइबी साधेर फसाइको उल्लेख गरे । उनले नियन्त्रणमा लिइएको खसी फिर्ता गर्न माग गरे । उनले सरकारले किसानलाई गाई, भैँसी र बाख्रापालनका लागि प्रोत्साहन गर्नुपर्ने जिकिर गरे ।
प्रतिनिधि सभा सदस्य रेखा यादवले नेपाली नागरिकहरुलाई नागरिकता नदिएर अनागरिक नबनाउन सरकारको ध्यानाकर्षण गराइन् । यादवले काठमाडौँको माइतीघरमा आन्दोलनरत नीरज कामतले नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा आत्मदाह गर्ने बाटोमा नपु¥याउन माग गरिन् ।
त्यसैगरी प्रतिनिधि सभा सदस्य अब्दुल खानले नागरिकताबाट वञ्चित नागरिकहरूले विभिन्न जिल्लाहरूमा आन्दोलन गरिरहेको भए पनि सरकारले ध्यान नदिएको बताए । उनले समस्या समाधानका निम्ति पहल नभएमा नागरिकताबाट वञ्चित नागरिकहरूले सामूहिक आत्मदाह गर्ने अवस्था आउन सक्ने भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण