कांग्रेस नेता निधि र इजरायली राजदूत खनानबीच भेटघाट
काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटघाट भएको छ। निधि निवास नयाँबानेश्वरमा बिहीबार बिहान भएको भेटमा नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका बिषयमा कुराकानी भएको हो । बिपी कोइरालाको पालादेखि रहेको दुई देशबीचको सम्बन्धका बारेमा नेता निधि र राजदूत खनानले चर्चा गर्दै खुसी व्यक्त गरेका थिए।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यसमेत रहेका निधिसंगको भेटमा बहुपक्षीय सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउने बिषयमा पनि कुराकानी भएको थियो। यसैगरी, नेपालको कृषि क्षेत्रमा इजरायल सरकारले गरेको सहयोगका लागि धन्यवाद दिदैं नेता निधिले दुई देशबीच भएका सम्झौता शिघ्रातीशिघ्र कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।
राजदूत खनानले सो समझदारी छिट्टै पूरा गर्ने आश्वासन दिएका थिए । नेपाल र इजरायलबीच सन् २०२० मा एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स निर्माणको लागि समझदारी भएर नेपालले त्यसको लागि ठाउँहरु उपलब्ध गराएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण