लुम्बिनी प्रदेश सरकारले झन्डै ४० अर्बको बजेट ल्याउँदै
बुटवल । लुम्बिनी प्रदेश सरकारले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट पेश गर्दैछ । प्रदेशसभाको दोस्रो अधिवेशनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्ने भएका हुन् ।
चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार घटाउँदै सरकारले झन्डै ४० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ। अघिल्लो वर्ष ४२ अर्ब बराबरको बजेट ल्याइएको थियो ।
यो वर्ष बजेटको आकार घटेसँगै योजना समेत साँघुरिने भएको छ। प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको छ । आगामी आर्थिक वर्षमा रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने सरकार प्रवक्ता मन्त्री सन्तोष पाण्डेले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण