लुम्बिनी प्रदेश सरकारले झन्डै ४० अर्बको बजेट ल्याउँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट पेश गर्दैछ । प्रदेशसभाको दोस्रो अधिवेशनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्ने भएका हुन् ।
चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार घटाउँदै सरकारले झन्डै ४० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ। अघिल्लो वर्ष ४२ अर्ब बराबरको बजेट ल्याइएको थियो ।
यो वर्ष बजेटको आकार घटेसँगै योजना समेत साँघुरिने भएको छ। प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको छ । आगामी आर्थिक वर्षमा रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने सरकार प्रवक्ता मन्त्री सन्तोष पाण्डेले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटस’ जारी गर्न पत्राचार
-
‘महाभोज’ सहकारी पीडित जनताको कथा हो : दयाहाङ राई
-
एक साता भित्रै मन्त्री छान्ने काम पूरा हुन्छ : घनश्याम चौधरी
-
जलवायु संकट समाधानका लागि लोमन्थाङ घोषणापत्र जारी
-
लोकसेवा आयोगतर्फका वकिलको जिकिर : ५२ संवैधानिक नियुक्तिमध्ये पछिल्ला २० जनाको नियुक्ति वैध छ
-
न्याय परिषद् नियमावली संशोधन खारेज गर्न र घिमिरेको अवहेलना मुद्दा छिटो टुङ्गाउन बारको आग्रह