केबलकारमार्फत मनकामनाको दर्शन गर्ने यात्रुको सङ्ख्यामा रेकर्ड बन्यो
काठमाडौँ । मनकामना केबलकारमार्फत मन्दिरको दर्शन गर्ने यात्रुको संख्यामा नयाँ रेकर्ड बनेको छ । आर्थिक वर्ष २०७९–८० को जेठ महिनामा १ लाख ५० हजार यात्रुले केबलकारमार्फत मन्दिरको दर्शन गरेका हुन् । २५ वर्षको इतिहासमा यो सङ्ख्या मासिक यात्रा गर्ने यात्रुको नयाँ रेकर्ड भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
यसअघि आर्थिक वर्ष २०७५–७६ मा ज्येष्ठ महिनामा १ लाख ३५ हजार २७२ मासिक रेकर्ड बनेको थियो । यस्तै कम्पनीका अनुसार यस आर्थिक वर्षको ११ महिनाको अवधिमा कुल १० लाख २१ हजार २३९ यात्रीले केबलकारको सेवा लिएका छन् ।
कम्पनीका अनुसार मनकामना जाने भारतीय यात्रीहरूको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । यस आर्थिक वर्षको ११ महिनामा कुल २ लाख ६९ हजार ७६० जना भारतीयहरूले मनकामना भ्रमण गरेका छन् । मनकामनाको दर्शन गर्न पुग्ने पहिलो नम्बरमा नेपाली नागरिक ७ लाख ५ हजार ५९३ जना छन् ।
कम्पनीले यस आर्थिक वर्षमा केबलकारमार्फत मनकामना मन्दिर जाने यात्रीको सङ्ख्या करिब सङ्ख्या ११ लाख ५० पुग्ने अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण