सानु भण्डारी : त्यो डायरी मेरो होइन भने तर, न्यायाधीशले विश्वास गरेनन्
काठमाडौँ । ललितपुर महानगरपालिका–२३ मा बस्ने सानु भण्डारी शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्येका हुन् । आफ्नो घर नजिकै बस्ने पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई उनले ‘मामा’ सम्बोधन गर्छन् ।
सानु भण्डारीले अहिले ललितपुरको महालक्ष्मी नगरपालिका– ४ स्थित सितापाखा हाइटमा घर बनाएका छन् । सो घरबाट प्रहरीले बरामद गरेको ‘हरियो डायरी’का कारण मामा–भाञ्जालाई नै अदालतले थुनामा पठाएको छ । सानुको घरबाट बरामद ‘२०१६–नबिल बैंक’ लेखिएको डायरीमा ‘भुटानी शरणार्थीको रकम खर्च भएको’ शीर्षकमा टोपबहादुर मामा, निरज राई र डा.इन्द्रजित राईलाई रकम दिएको हिसाव भेटिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान गर्दा सानुले भने–‘त्यो डायरी मेरो होइन ।’
तर, न्यायाधीशले उनको जिकिरलाई विश्वास गरेनन् । शुक्रवार थुनछेक आदेश गर्दा न्यायाधीश न्यौपानेले सानुलाई थुनामा पठाउन डायरीमा उल्लेखित हिसावलाई मुख्य प्रमाणको रुपमा ब्याख्या गरेका छन् ।
न्यायाधीशले आदेशमा लेखेका छन्–‘जाहेरवालाहरुबाट उठाएको विभिन्न रकमको आय व्यय उक्त डायरीमा देखिएको ।’ झापास्थित शरणार्थी शिविरमा गएर गृह मन्त्रालयको पत्र कार्यान्वयन गर्न लगाएको र प्रेमराज पन्थीले दिएको किटानी जाहेरी सानुलाई थुनामा पठाउने आधार बनेको छ । सह–प्रतिवादी रामशरण केसी र शरणार्थी नेता टेकनाथ रिजालले सानु भण्डारीलाई पोल गरेर दिएको बयान उनीविरुद्ध प्रमाण लागेको छ ।
न्यायाधीश न्यौपानेले आदेशमा भनेका छन्–‘सह–प्रतिवादी रामशरण केसी र टेकनाथ रिजालले प्रतिवादी सानु भण्डारीलाई पोल गरी बयान गरेको र निज उपर विभिन्न जाहेरवालाहरुको किटानी जाहेरी परेको देखिँदा निजको कसुरमा संलग्ना रहेको देखियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण