एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० पूरा हुन एक महिना मात्र बाँकी रहँदा सरकारले लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्त पूरा हुँदासम्म आठ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले सुरुमा १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । जेठसम्म सङ्कलित राजस्व सुरु लक्ष्यको ५९.६४ प्रतिशत मात्र हुन आउँछ । घट्दो आयात तथा आर्थिक गतिविधिका कारण चालु आर्थिक वर्षको सुरुदेखि नै सरकार राजस्व सङ्कलनको सङ्कुचनको अवस्थामा छ । जसका कारण अहिलेसम्म सरकारले दुई पटक सङ्कलनको लक्ष्य संशोधन गरिसकेको छ । आर्थिक गतिविधिमा उल्लेख्य सुधार नहुँदा पछिल्लो संशोधन पनि पूरा गर्न मुस्किल हुने विश्लेषण हुन थालेको छ । जेठसम्मको कुल राजस्व सङ्कलनमध्ये सात खर्ब ५९ अर्ब रुपैयाँ कर राजस्वको हिस्सा रहेको छ भने बाँकी ७७ अर्ब ८५ करोड रुपैयाँ गैरकर राजस्व रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण