विज्ञान प्रदर्शनी : सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम
पोखरा । पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय विज्ञान महोत्सवमा सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सहआयोजनामा महोत्सवमा पोखराकै सिर्जना सेकेन्डरी स्कुल दोस्रो र गण्डकी बोर्डिङ स्कुल तेस्रो भएका छन् । जनज्योति माध्यमिक विद्यालय तनहुँ, नमूना आवासीय माध्यमिक विद्यालय पर्वत, शिशु निकेतन सेकेन्डरी स्कुल र कालिका माध्यमिक विद्यालय पोखराले सान्त्वना प्राप्त गरेका छन् ।
विजेतालाई पुरस्कार प्रदान गर्दै गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री सुशीला सिंखडाले विज्ञान महोत्सवले शैक्षिक गुणस्तरीयतामा प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरिन्। गण्डकी प्रदेशका लागि महोत्सव नौलो भएको बताउँदै उनले निरन्तरताको आवश्यकतालाई औँल्याइन् ।
कार्यक्रममा राजकुमार ढकाललाई ‘उत्कृष्ट विज्ञान शिक्षक २०७९’ को रुपमा सम्मान तथा पुरस्कृत गरिएको थियो । विज्ञान शिक्षक समाज नेपाल र नेपाल बौद्धिक समुदायले गण्डकी बोर्डिङका विज्ञान शिक्षक राजकुमार ढकाललाई उक्त सम्मान प्रदान गरेको हो । स्याङ्जाका ढकाल विज्ञान शिक्षक समाज गण्डकी प्रदेश संयोजक समेत रहेका छन् । महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीले बनाएका ‘प्रोजेक्ट’को ५० प्रदर्शनी राखिएका थिए । तीमध्ये २६ विद्यालयका ४० प्रोजेक्ट र अन्य अप्रतियोगी रहेको आयोजकले जनाएको छ । पोखरामा पहिलोपल्ट आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण