हेटौँडा उपमहानगरको नीति तथा कार्यक्रम आज
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम आज (शनिबार) सार्वजनिक हुँदैछ । उपमहानगरपालिकाले आज आह्वान नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो ।
असार १० गते भित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउन लागेको हो । नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा हुने नगर सभामा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गर्नेछन् । नीति तथा कार्यक्रम प्रस्तुतपछि नगर सभाका सदस्यलाई अध्ययनको समय दिएर पास गरिने छ ।
उपमहानगरपालिकाले कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य र खेलकुदलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएको जनाइएको छ । नीति तथा कार्यक्रम मार्फत करिब २ अर्ब ६० करोड बराबरको बजेट ल्याउने तयारी गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण