बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा करेन्ट लागेर २ युवकको मृत्यु

शनिबार, ०२ असार २०८०, ०७ : ५५
शनिबार, ०२ असार २०८०

रौतहट । रौतहटको  बौधीमाई नगर क्षेत्रमा   करेन्ट लागेर गए राति २ जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बौधिमाई ५ को पवा गाउँका वर्ष २५ का अरुण साह र वर्ष २६ को  सिताबी पण्डित रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

शुक्रबार राति साढे ८ बजे घरको आँगनमा रहेको ट्युबवेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साहलाई विद्युत् प्रवाह भएर करेन्ट लागेको थियो। करेन्ट लागेका साहलाई सँगै रहेका  पण्डितले बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए। 

तत्काल  दुवै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लैजाँदा डाक्टरले दुवै जना लाई मृत घोषणा गरेको डिएसपी यादवले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप