रौतहटमा करेन्ट लागेर २ युवकको मृत्यु
शनिबार, ०२ असार २०८०, ०७ : ५५
रौतहट । रौतहटको बौधीमाई नगर क्षेत्रमा करेन्ट लागेर गए राति २ जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बौधिमाई ५ को पवा गाउँका वर्ष २५ का अरुण साह र वर्ष २६ को सिताबी पण्डित रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।
शुक्रबार राति साढे ८ बजे घरको आँगनमा रहेको ट्युबवेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साहलाई विद्युत् प्रवाह भएर करेन्ट लागेको थियो। करेन्ट लागेका साहलाई सँगै रहेका पण्डितले बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए।
तत्काल दुवै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लैजाँदा डाक्टरले दुवै जना लाई मृत घोषणा गरेको डिएसपी यादवले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण