सातामा प्रतितोला ७ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो । जबकि, यो साताको शुक्रबारसम्म आइपुग्दा ७०० रुपैयाँ प्रतितोलाले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा आइपुगेको हो ।
यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार १०० रुपैयाँले घटेको थियो । यस्तै, मंगलबार तोलामा ३०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार ९०० ले घटेको थियो । यस्तै, बिहीबार ८०० ले घटेको मूल्य शुक्रबार फेरि ८०० ले नै बढेको थियो ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १४ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार ३० रुपैयाँले घटेर १४ सय २५ रुपैयाँमा आइपुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण