युद्धग्रस्त देश यमनसँगको व्यापारमा नेपाललाई ५६ लाख नाफा
शनिबार, ०२ असार २०८०, १४ : ३१
काठमाडौँ । गृहयुद्धमा रुमल्लिइरहेको मध्यपूर्व देश यमनसँग नेपाललाई ५६ लाख रुपैयाँ व्यापार नाफा देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार १० महिनाको अवधिमा नेपाल र यमनबीचको व्यापारमा नेपाललाई ५६ लाख ६५ हजार रुपैयाँ व्यापार नाफा भएको हो ।
यस अवधिमा नेपालले यमनबाट १४ लाख ८५ हजार रुपैयाँको सामान आयात गरेको छ । यस्तै, नेपालबाट ७१ लाख ४९ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । यमनबाट नेपालमा जम्मा दुई एचएस कोडमा वस्तु आयात हुने गरेको छ ।
जसमध्ये समुन्द्री जीव, जीवको अवशेष लगायतका वस्तु आयात हुन्छन् । यी वस्तु १४ लाखभन्दा धेरैको आयात हुने गरेको पाइएको छ । यसबाहेक, अप्रशोधित सुनको आयात समेत यमनबाट आयात हुने गरेको छ । नेपालबाट भने पास्ता, चाउचाउ, नुडल्स, निर्यात हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण