रोनाल्डोको १ सय ९९ औँ खेलमा पोर्चुगल विजयी
लिसबन । क्रिस्टियानो रोनाल्डोको १ सय ९९ औँ अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलले बोस्यिना–हर्जगोभिनामाथि सहज जीत हासिल गर्दै युरो २०२४ को छनोटमा आफ्नो विजयी यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा पोर्चुगल ३–० गोलले विजयी बन्यो ।
पहिलो हाफको अन्त्यतिर ब्रुनो फर्नान्डेजको पासमा बर्नाडो सिल्भाले पोर्चुगललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७७ औँ मिनेटमा फर्नान्डेजले टोलीको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा फर्नान्डेजले अर्को गोल गर्दै टोलीलाई सहज जीत दिलाए ।
यसअघि ३८ वर्षीय रोनाल्डोले पहिलो हाफमा गरेको गोल अफसाइड भन्दै रद्द गरिएको थियो । रोनाल्डोले हालसम्म अन्तर्राष्ट्रिय खेलहरुमा कीर्तिमानी १२२ गोल गरेका छन् । गत मार्चमा खेलिएका दुई छनोट खेलहरुमा उनले चार गोल गरेका थिए । जीतसँगै समूह जीमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ । टोलीले हालसम्म तीनवटै खेल जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण