बालेनको चेतावनीपछि काठमाडौँ महानगरका विद्यालय खुला
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय निर्वाध रूपमा सुचारु भएका छन् । सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग राख्दै विद्यालय कर्मचारीहरूले आजदेखि सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन् । तर, काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय भने निर्वाध रूपमा खुलेका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरेको थियो । लगत्तै काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने र फौजदारी मुद्दा लगाउने चेतावनी दिएका थिए ।
मेयरको चेतावनीपछि महानगरभित्रका सामुदायिक विद्यालय खुला रहेका हुन् । पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले निर्वाध रूपमा पठनपाठन भइरहेको बताए । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको र विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध सिर्जना गर्न नहुने भन्दै पठनपाठनमा कुनै अवरोध नभएको बताए । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।
नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने कुनै संस्था वा कर्मचारीहरूलाई पदबाट हटाइने, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिने चेतावनी महानगरले दिएको थियो । इटहरी उपमहानगरपालिका, आरुघाट गाउँपालिका, घोराही उपमहानगरपालिका लगायतका स्थानीय तहले समेत विद्यालय बन्द गर्नेमाथि कारबाहीको चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण