ठाकुर गैरेको प्रश्न: भारत सुगौली सन्धिबाट पछि हटेको हो ?
आइतबार, ०३ असार २०८०, १२ : ११
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले भारत सुगौली सन्धिबाट पछि हटेको हो भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारलाई त्यसबारे जानकारी दिन ध्यानाकर्षण गराउँदै नेपाल आफ्नो रक्षाको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहनुपर्ने बताए ।
‘नेपालमा जन्मेका गौतम बुद्धलाई भारतमा जन्मेको हुन् भनेर गलत प्रचार गर्ने भारत, अहिले कपिलवस्तु र लुम्बिनीलाई सदनमा नक्सांकन गरेर गलत प्रचार भइरहेको छ’, सांसद गैरेले भने, ‘अहिले आदिपुरुष सिनेमाको नाममा सीता भारतको छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार प्रवाह हुनुको साथै त्यसका लेखकले नेपाल भारतकै अङ्ग हो भनेर गलत अभिव्यक्ति दिइसकेका छन् । नेपाल सरकार के गर्दैछ ? के भारत सुगौली सन्धिबाट पछि हटेको हो’, गैरेको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण