ठाकुर गैरेको प्रश्न: भारत सुगौली सन्धिबाट पछि हटेको हो ?
आइतबार, ०३ असार २०८०, १२ : ११

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले भारत सुगौली सन्धिबाट पछि हटेको हो भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारलाई त्यसबारे जानकारी दिन ध्यानाकर्षण गराउँदै नेपाल आफ्नो रक्षाको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहनुपर्ने बताए ।
‘नेपालमा जन्मेका गौतम बुद्धलाई भारतमा जन्मेको हुन् भनेर गलत प्रचार गर्ने भारत, अहिले कपिलवस्तु र लुम्बिनीलाई सदनमा नक्सांकन गरेर गलत प्रचार भइरहेको छ’, सांसद गैरेले भने, ‘अहिले आदिपुरुष सिनेमाको नाममा सीता भारतको छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार प्रवाह हुनुको साथै त्यसका लेखकले नेपाल भारतकै अङ्ग हो भनेर गलत अभिव्यक्ति दिइसकेका छन् । नेपाल सरकार के गर्दैछ ? के भारत सुगौली सन्धिबाट पछि हटेको हो’, गैरेको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद