वामदेव गौतम एमालेमा समाहित हुन तयार
काठमाडौँ । नेता वामदेव गौतम नेकपा एमालेमा समाहित हुन तयार भएका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच भएको कुराकानीमा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको गौतमले जानकारी दिए । ‘एमाले अध्यक्ष ओली र मबीच पहिलो चरणको छलफल भयो’, गौतमले ओलीसँगको भेटवार्तापछि भने, ‘आफ्नो पार्टीका नेता कार्यकर्ता कसरी व्यवस्थापन गर्नुहुन्छ ? पहिला त्यसबारे मोडल तय गरौँ त्यसो भएपछि हामी आउँछौ भनेर भनेँ ।’
गौतमले नेकपा एकता राष्ट्रिय अभियानमार्फत आफ्ना राजनीतिक गतिविधि गर्दै आएका छन् । ओली–गौतमबीचको कुराकानीमा गौतमले पहिला नेता कार्यकर्ताको व्यवस्थापनमा जोड दिएका थिए भने ओलीले पहिला तपाईँ आउनुस् अनि व्यवस्थापन गरौंला भन्ने जवाफ दिएका छन् । त्यस्तै ओलीले गौतमले राखेका विषयमा पार्टी बैठकमा राख्ने र छलफल गर्ने विश्वास दिलाएका छन् । नेता गौतमले अर्कोपटक पुन बसेर छलफल गर्दै टुङ्ग्याउने दुई नेताबीच सहमति भएको पनि बताए ।
‘अबको छलफलमा नेकपा एकता राष्ट्रिय अभियान भन्ने पार्टी नेकपा एमालेमा एकीकृत हुनका निमित्त तयार छ । म पनि तयार छु । तर यसमा भएका नेता कार्यकर्ताको व्यवस्थापन कसरी गर्ने हो त्यससम्बन्धी पहिला नै छलफल भएर टुंगो लगाएर मात्रै आउने भन्ने भएको छ’, गौतमले भने, ‘म तपाईंका विषयहरू अबको पार्टी बैठकमा राख्छु । त्यहाँबाट निर्णय गराएर अघि बढौला ’, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेता गौतमले रातोपाटीसँग भने । नेकपा विभाजनसँगै गौतम नेकपा एकता अभियान नामक पार्टी गठन गरेका थिए ।
उनको पार्टी र अभियान प्रभावकारी नभएपछि एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीसँग निरन्तर संवादमा रहेका गौतम सत्ता पक्षले समाजवादी मोर्चा बनाउने निश्चित भएपछि एमालेमा समाहित हुन तयार भएका हुन् । एमालेले ७० वर्षे उमेरहदको प्रावधान निलम्बन गरेसँगै गौतमलाई एमाले प्रवेश गर्न सहज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण