मुख्यमन्त्रीहरूको क्लब निर्माण गर्नुपर्छ: पृथ्वीसुब्बा गुरुङ
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरूको क्लवब निर्माण गर्नुपर्ने बताएका छन् ।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सातै प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीलाई दबाब दिन एउटा क्लब बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले सबै प्रदेशका मुख्यमन्त्री भइसकेपछि फरक पार्टीका हुने र त्यसले प्रधानमन्त्रीलाई प्रदेशका अधिकार काट्नबाट दबाब सिर्जना हुने बताए । उनले सांसदहरूले मनपरी खर्च गर्ने, आर्थिक नियमावली पालना नगर्ने भन्ने आरोपहरू लाग्ने गरेको भन्दै त्यसमा पनि चनाखो हुन आवश्यक रहेको बताए ।
उनले भने, ‘सांसदहरूले मनपरी खर्च गर्छ, आर्थिक नियमावली पालना गर्दैनन्, धेरै बेरुजु त्यहीँ देखिन्छ भन्ने गरी गाली गर्दछन्, त्यसैले हामीले आफूलाई पनि ठिक ढंगबाट चलाउनुपर्छ । कमसेकम मुख्यमन्त्रीहरु माथि मन्त्री हुने स्तरका नराख्ने र पार्टीबाट निकालेर दिँदा व्यवस्था बदनाम हुन्छ । हामीले जनताको सेवा पूरा गर्न सकेका छैनौँ । यो बजेटप्रति गाउँपालिका, नेपाल नगरपालिका संघको गम्भीर असहमति छ । मुख्यमन्त्रीहरूको एउटा संघ बनाएर प्रधानमन्त्रीलाई आफ्नो अधिकारको लागि दबाब दिनुपर्छ । केन्द्र सरकार संघीयताबिरुद्ध लागिरहेको छ भने मुख्यमन्त्रीको क्लबले दबाब दिनुपर्छ ।’
उपमहासचिव गुरुङले सांसदहरूले आफूलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण