आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीहरूको क्लब निर्माण गर्नुपर्छ: पृथ्वीसुब्बा गुरुङ

आइतबार, ०३ असार २०८०, १६ : २३
आइतबार, ०३ असार २०८०

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरूको क्लवब निर्माण गर्नुपर्ने बताएका छन् । 

आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सातै प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीलाई दबाब दिन एउटा क्लब बनाउनुपर्ने आवश्यकता रहेको बताए । 

उनले सबै प्रदेशका मुख्यमन्त्री भइसकेपछि फरक पार्टीका हुने र त्यसले प्रधानमन्त्रीलाई प्रदेशका अधिकार काट्नबाट दबाब सिर्जना हुने बताए । उनले सांसदहरूले मनपरी खर्च गर्ने, आर्थिक नियमावली पालना नगर्ने भन्ने आरोपहरू लाग्ने गरेको भन्दै त्यसमा पनि चनाखो हुन आवश्यक रहेको बताए । 

उनले भने, ‘सांसदहरूले मनपरी खर्च गर्छ, आर्थिक नियमावली पालना गर्दैनन्, धेरै बेरुजु त्यहीँ देखिन्छ भन्ने गरी गाली गर्दछन्, त्यसैले हामीले आफूलाई पनि ठिक ढंगबाट चलाउनुपर्छ । कमसेकम मुख्यमन्त्रीहरु माथि मन्त्री हुने स्तरका नराख्ने  र पार्टीबाट निकालेर दिँदा व्यवस्था बदनाम हुन्छ । हामीले जनताको सेवा पूरा गर्न सकेका छैनौँ । यो बजेटप्रति गाउँपालिका, नेपाल नगरपालिका संघको गम्भीर असहमति छ । मुख्यमन्त्रीहरूको एउटा संघ बनाएर प्रधानमन्त्रीलाई आफ्नो अधिकारको लागि दबाब दिनुपर्छ । केन्द्र सरकार संघीयताबिरुद्ध लागिरहेको छ भने मुख्यमन्त्रीको क्लबले दबाब दिनुपर्छ ।’

उपमहासचिव गुरुङले सांसदहरूले आफूलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप