संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक आएन : प्रमुख सचेतक पाण्डे
आइतबार, ०३ असार २०८०, १६ : ३०
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक ढंगले नआएको बताएका छन् ।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले राष्ट्रका प्राथमिकतालाई चयन गरेर बजेट निर्माण गर्न आग्रह गरे ।
प्रमुख सचेतक पाण्डेले यसरी बजेट विनियोजन हुने क्रम २०७२ सालदेखि नै हुने गरेको बताए । उनले बजेट बनाउने प्रक्रियाकै बारेमा सदनमा आफूले कुरा गरिरहेको भन्दै बजेट बनाउने प्रक्रिया नमिलेको बताए । उनले बजेट बनाउने प्रक्रियालाई सच्याउने बताए ।
प्रमुख सचेतक पाण्डेले बजेटमा आएका वस्तुहरुलाई कार्यान्वयन गर्न दृढताकासाथ लाग्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण