एसियाली खेलकुदका लागि बक्सिङमा १३ खेलाडी छानिए
काठमाडौँ । आगामी एसियाली खेलकुद प्रतियोगिताका लागि आइतबार बक्सिङका १३ खेलाडी छनोट भएका छन् । महिला फ्लाईवेट ५० केजी तौलसमूहमा नक्साल बक्सिङ क्लबकी सुस्मा तामाङ छनोट भइन् । उनले यचटुओका अस्मिता दुवाललाई पराजित गरिन् ।
यसैगरी महिला ५४ केजी तौलसमूहमा त्रिभुवन आर्मी क्लबकी मीनु गुरुङले छनोट भइन् । उनले बक्समाण्डुकी अन्जली तेलीलाई हराइन् । महिला ५७ केजी तौलसमूहमा आर्मीकी चन्द्रकला थापा छनोट भइन् । उनले नेपाल पुलिस क्लबकी निशा तामाङलाई पराजित गरिन् ।
यसैगरी महिला ६० केजी तौलसमूहमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी संगिता सुनार एसियाली खेलकुदका लागि छनोट भइन् । उनले आर्मी क्लबकी वर्षा श्रेष्ठलाई पराजित गरिन् । महिला ६६ केजी तौलसमूहमा एपीएफ क्लबीका विनिता थापामगर छनोट भइन् । उनले आर्मी क्लबकी निरु गुरुङलाई हराइन् । महिला ७५ केजीमा एपीएफ क्लबकी सरस्वति छनोट भइन् । उनले एपीएफ क्लबकी मनिता राईलाई पराजित गरिन् ।
पुरुषतर्फ ५१ केजी तौलसमूहमा यचटुओका रविन थापा छनोट भए । उनले पुलिस क्लबका चन्द्रबहादुर थापालाई हराए । ५७ केजीमा एचटुओका बुद्ध ग्याम्जो लामा छनोट भए । उनले बोसिगाँउ क्लबका सुलभ मालीलाई पराजित गरे ।
यसैगरी पुरुष ६३.५ केजीमा जेनेक्सका मौसम रानामगरलाई ५ः० अंकको आधारमा हराउँदै पुलिस क्लबका खेलाडी भूपेन्द्र थापामगर एसियाली खेलकुदका लागि छनोट भए । भूपेन्द्र १३ औं दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी हुन् ।
यसैगरी ७१ केजी तौलसमूहमा आर्मीका दिपेश लामा छनोट भए । उनले ४ः१ अंकको आधारमा सुदूरपश्चिमका खेलाडी भरत चन्दलाई पराजित गरे । पुरुष ८० केजी तौलसमूहमा आर्मीका दिपक श्रेष्ठ एसियाली खेलकुदका लागि छनोट भए । उनले बक्समाण्डुका मनोज तामाङ्गलाई वाक ओभरको आधारमा पराजित गरे ।
यसैगरी पुरुष ९२ केजी तौलसमूहमा गण्डकीका दिपक सुनवार छनोट भए । उनले ४ः० को अंकको आधारमा एपीएफ क्लबका रविन नेपाललाई पराजित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण