किसानले सडकमा गोलभेँडा फालेको फोटो राख्दै ओलीले भने– ‘यस्तो देख्दा मन थाम्न मुस्किल हुन्छ’
सोमबार, ०४ असार २०८०, ११ : ००
१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बजार मूल्य नपाएर किसानले सडकमा गोलभेँडा फालेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत ओलीले नेपालले करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेको अवस्था रहेको बताउँदै नेपाली कृषि उत्पादनले मूल्य नपाएर सडकमा फाल्नुपर्ने अवस्था रहेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।
अध्यक्ष ओलीले भनेका छन्– ‘किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुश्किल हुन्छ । कृषि उत्पादन खरिद सम्झौता हुनुपर्छ भनेर हामीले घोषणा पत्रको २० ग्यारेन्टीमा भनेका थियौं पनि । जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौं, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण