शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

किसानले सडकमा गोलभेँडा फालेको फोटो राख्दै ओलीले भने– ‘यस्तो देख्दा मन थाम्न मुस्किल हुन्छ’

सोमबार, ०४ असार २०८०, ११ : ००
सोमबार, ०४ असार २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बजार मूल्य नपाएर किसानले सडकमा गोलभेँडा फालेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत ओलीले नेपालले करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेको अवस्था रहेको बताउँदै नेपाली कृषि उत्पादनले मूल्य नपाएर सडकमा फाल्नुपर्ने अवस्था रहेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् । 

अध्यक्ष ओलीले भनेका छन्– ‘किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुश्किल हुन्छ । कृषि उत्पादन खरिद सम्झौता  हुनुपर्छ भनेर हामीले घोषणा पत्रको २० ग्यारेन्टीमा भनेका थियौं पनि । जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौं, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र  रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौं ।’

tomato-oli

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप