बुटवलको ‘द्वारिका उदय सिनेमा’ हलमा पनि लागेन ‘आदिपुरुष’
काठमाडौँ । भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद विवादपछि बुटवलको चलचित्र भवन ‘द्वारिका उदय सिनेमा’ले उक्त फिल्म प्रदर्शन नै गरेको छैन । चलचित्र संघका पूर्व अध्यक्ष समेत रहेका प्रदीप कुमार उदयले आफ्नो हलमा शुक्रबारदेखि नै फिल्म नचलाइएको जानकारी दिए ।
‘भारतीय फिल्म आदिपुरुषको सम्बन्धमा राष्ट्रवादीहरू गम्भीर हुन जरुरी छ । राष्ट्रियता भन्दा माथि कोही र केही हुनै सक्दैन’, उदयले भने, ‘दर्शकवृन्दमा क्षमा माग्दै द्वारिका उदय सिनेमामा फिल्म आदिपुरुष नचल्ने जानकारी गराउँछु ।’
उदय भन्छन्, ‘नेपाल भारत बिच विशेष सम्बन्ध छ । सांस्कृतिक, पारिवारिक सम्बन्ध छ । तथापि जस्तो सुकै सम्बन्ध रहेता पनि देशको राष्ट्रियता भन्दा माथि कोही र केही हुन सक्दैन । नेपालको स्वाधीनताको खिलाफमा हुने जुनसुकै हर्कतको प्रतिवाद गर्छौ । यही भावनाले हामीले हाम्रो सिनेमा हलमा चलचित्र आदिपुरुष सुरु बाटै प्रदर्शन गरेनौ । चलचित्र ‘आदिपुरुष’मा राखिएको संवादले दुई देश बिचको पारस्परिक सम्बन्धमा आँच आउने सक्ने अवस्था रहँदा वर्तमान शासक मूकदर्शक भएर बस्नु, नदेखे जस्तो गर्नु अर्थपूर्ण छ र यो वर्तमान सरकारको लाचारीपन हो ।’
तर यही एउटा चलचित्रलाई लिएर सबै हिन्दी चलचित्र चलाउन नदिनु भनेको दुई देश बिचको सम्बन्धमा खलल पुराउनु पनि भएको उनले बताए । यो वास्तविकतालाई सम्बन्धित पक्षले बुझ्नु जरुरी रहेको उनको भनाइ छ ।
भारतको एउटा व्यक्तिले गरेको गल्तीलाई समस्त भारतीयको गल्ती सम्झनु अन्ध राष्ट्रवाद भएको भन्दै उनले भने, ‘काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले चलचित्र आदिपुरुषको संवादको विषयलाई लिएर सो चलचित्रको सम्बन्धमा लिएको कदममा सहमत छु । तर त्यही विषयलाई लिएर अन्य भारतीय चलचित्र समेत चल्न नदिने कार्यमा सहमत हुन सकिँदैन । यदि रोक्ने नै हो भने नेपालीले आयोजना गर्ने व्यक्तिगत वा सार्वजनिक कार्यक्रममा बजाइने भारतीय गीत सङ्गीत रोकौँ ।’
बिना सेन्सर घर घरमा २४ घण्टा टेलिभिजनमा आउने भारतीय च्यानल रोकिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण