सांसद बरालको प्रश्न : सरकारले सबै न्यायालय बन्द गर्न खोजेको हो ?
काठमाडौँ । एमाले सांसद सुनिता बरालले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने विरुद्धको मुद्दा फिर्ता लिएर सरकारले के गर्न खोजेको भन्दै संसदमार्फत सरकारलाई प्रश्न गरेकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले सरकारसँग जनता त्रसित भएर बाच्नु परिरहेको बताइन् ।
‘२०७७ असोज २० त्रिवि परिसरमा उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी नेविसंघका विद्यार्थीहरूले कुटेर फालेका थिए’, उनले भनिन्, ‘केही व्यक्तिले उठाएर उनलाई बचाए । ’ चलाउनेले आफूलाई कुटपिट गर्ने विरुद्ध मुद्दा हाले पनि सरकारले उक्त मुद्दा फिर्ता लिएको भन्दै उनले यो देशमा सुशासन माग्न कहाँ जाने भनेर प्रश्न गरिन् ।
‘मुद्दा चलिरहेको छ तर सरकार पटक पटक मुद्दा फिर्ता लिने निर्णय गर्छ । अव यो देशमा सुशासन माग्न कहाँ जाने हो ? अब जनता कहाँबाट सुरक्षित हुने हो ? मरणासन्न हुने गरी फालिएको व्यक्तिबाट गरेको उजुरी सरकारले फिर्ता लिन्छ भने के सरकारले सबै न्यायालय बन्द गर्न खोजेको हो ?’, सांसद बरालले सभामुखमार्फत सरकारको जवाफ मागिन् । उनले जनतालाई परेका समस्यामा राज्य छैन भन्ने सन्देश दिन खोजेको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण