चार दलको बैठक : बाबुराम भित्र्याउन उपेन्द्र तगारो
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको शीर्ष नेताको बैठक भर्खरै सकिएको छ । समाजवादी मोर्चा नेपाललाई अन्तिम रुप दिएर बैठक सकिएको हो । समाजवादी मोर्चाको घोषणा बेलुका ४ बजे राष्ट्रियसभा गृहमा हुने बैठकमा सहभागी एक नेताले बताए । ‘समाजवादी मोर्चामा चार दलको सहभागिता हुनेभयो । बाबुराम जीलाई ल्याउन उपेन्द्रजीले मान्नु भएन’ ती नेताले भने, ‘सबै नेताहरुको हस्ताक्षर गरेर १४ बुँदे ड्राफ्ट तयार भयो ।’
समाजवादी मोर्चामा बाबुराम भट्टराई आउन खोजेपनि उपेन्द्र यादवले आउन नदिएको ती नेताले बताए । ‘समाजवादी मोर्चा बनाउनुपर्छ भनेर सबैभन्दा पहिले बाबुरामजी लाग्नुभयो । उहाँले नै पहल लिनुभयो’ ती नेताले भने, ‘अन्तिममा उपेन्द्र जीले बाबुराम आउने भए म बस्दिन भन्नुभयो । उपेन्द्रकै करण बाबुराम मोर्चा बाहिर हुने भए ।’ समाजवादी मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेकपा विप्लव समूह सहभागी हुने भएका छन् ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी थिए । यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा महासचिव विप्लव सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण