विपद् जोखिम व्यवस्थापनबारे संसदलाई जानकारी गराउन माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद् जोखिम व्यवस्थापनबारे सांसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
वर्षात्का कारण पूर्वी पहाडी जिल्लाहरुमा विपद्मा परी उपचार नपाएर नागरिकहरूको ज्यान समेत गइरहेका बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने समाजवादी मोर्चा निर्माणमा लागेको भन्दै आपत्ति समेत जनाए ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले वर्षातका कारण पूर्वी पहाडी जिल्लामा ठूलो धनजनको क्षति हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका मन्त्रीहरु संसदमा बेखवर रहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
सांसद झाले बाढी र पहिरोका कारण नागरिकहरूमा मरिन्छ कि भन्ने डर बढदै गईरहेको तर सरकारले बेवास्ता गरिरहेको आरोप समेत लगाए । उनले भने, ‘मृत्यु भन्दा नि ठूलो डर मरिन्छ कि भन्ने हो । त्यो पिडाले सधैं मारिरहेको हुन्छ । अहिले पहाडको केही जिल्लाहरुलाई त्यही त्रासले मारिरहेको छ । र, केही व्यक्तिहरु प्राथमिक उपचार नपाएर पनि हिजो ताप्लेजुङमा सुरेश राई नाम गरेको एक व्यक्तिको मृत्यु भयो । त्यसैगरी सबै जोखिमपूर्ण अवस्थामा रहेको छ । आज पहाड जोखिममा छ भने भोली तराई र मधेस जोखिममा हुनेछ । तर हामीले गृहमन्त्री र उहाँको तयारीको बारेमा जानकारी पाइरहेका छैनौँ । सायद उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ । अर्को, हाम्रो प्रधानमन्त्री लगायत अरू व्यक्तिहरूको जिम्मेवार पदमा रहेका उहाँहरूको उपस्थिति के हुँदै छ । हामी जनप्रतिनिधि हौँ । हामीले पनि जवाफ दिनु पर्नेछ । तर हामीले प्रश्न सोध्ने कसलाई ? जवाफ कहाँबाट अपेक्षा गर्ने ? हामी जवाफ चाहन्छौँ । यसका लागि अनुरोध गर्दछौँ ।’
सांसद झाले आफूहरूले विपद् व्यवस्थापनका बारेमा जनतालाई जवाफ दिनुपर्ने भएकाले सरकारले यसको बारेमा सांसदलाई जानकारी गराउन ढिलाई गर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण