शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
त्रिवि कुटपिट प्रकरण

उपप्राध्यापक प्रेम चलाउने प्रहरी नियन्त्रणमा

सोमबार, ०४ असार २०८०, १२ : २८
सोमबार, ०४ असार २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । सोमबार काठमाडौँ जिल्ला अदालत परिसरमा होहल्ला गरेको आरोपमा चलाउनेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले रातोपाटीलाई जानकारी दिए । चलाउनेलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थिए । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो । आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा रहेको थियो । मुद्दाको अन्तिम सुनुवाइ मंगलबारका लागि तोकिएको थियो । 
तर, त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै चलाउनेले आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप