भारतबाट १० महिनामा ५८ करोडको गोलभेँडा आयात
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा भारतबाट ५८ करोड रुपैयाँको गोलभेडा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा भारतबाट ५८ करोड ३१ लाख रुपैयाँको गोलभेडा आयात भएको हो । यस अवधिमा ताजा र अचार प्रयोजनका लाग गरी तीन क्याटोगोरीमा गोलभेडा भित्रिएको विभागको तथ्यांकले देखाएको छ । यस अवधिमा ३ करोड १० लाख किलोग्राम गोलभेडा भित्रिएको विभागले सार्वजनिक गरेको १० महिनाको तथ्यांकमा उल्लेख छ ।
नेपाली उत्पादनले सम्पूर्ण देशको माग नै धान्ने समयमा समेत भारतबाट निर्वाध गोलभेँडा भित्रिरहेको छ । जेठ, असार र साउन महिना नेपालमा गोलभेँडा उत्पादनको सिजन मानिन्छ । तर, यस अवधिमा भारतबाट गोलभेँडा निर्वाधरुपमा आउँदा स्वदेशी उत्पादनले बजार पाइरहेको छैन । हाल किसानले उत्पादन गरिरहेको टनेलको गोलभेडाको मूल्य प्रतिकिलो २ रुपैयाँ समेत पाइरहेका छैनन् । यो गोलभेडाको थोक मूल्य प्रतिकिलो ८ रुपैयाँ छ भने उपभोक्ताले ४० रुपैयाँसम्म तिरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण