मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
व्यापार

भारतबाट १० महिनामा ५८ करोडको गोलभेँडा आयात

सोमबार, ०४ असार २०८०, १२ : ४५
सोमबार, ०४ असार २०८०

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा भारतबाट ५८ करोड रुपैयाँको गोलभेडा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा भारतबाट ५८ करोड ३१ लाख रुपैयाँको गोलभेडा आयात भएको हो । यस अवधिमा ताजा र अचार प्रयोजनका लाग गरी तीन क्याटोगोरीमा गोलभेडा भित्रिएको विभागको तथ्यांकले देखाएको छ । यस अवधिमा ३ करोड १० लाख किलोग्राम गोलभेडा भित्रिएको विभागले सार्वजनिक गरेको १० महिनाको तथ्यांकमा उल्लेख छ ।

नेपाली उत्पादनले सम्पूर्ण देशको माग नै धान्ने समयमा समेत भारतबाट निर्वाध गोलभेँडा भित्रिरहेको छ । जेठ, असार र साउन महिना नेपालमा गोलभेँडा उत्पादनको सिजन मानिन्छ । तर, यस अवधिमा भारतबाट गोलभेँडा निर्वाधरुपमा आउँदा स्वदेशी उत्पादनले बजार पाइरहेको छैन । हाल किसानले उत्पादन गरिरहेको टनेलको गोलभेडाको मूल्य प्रतिकिलो २ रुपैयाँ समेत पाइरहेका छैनन् । यो गोलभेडाको थोक मूल्य प्रतिकिलो ८ रुपैयाँ छ भने उपभोक्ताले ४० रुपैयाँसम्म तिरिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप