सरकारी सञ्चार माध्यम सत्तारुढ दलहरुका मुखपत्र : प्रेम सुवाल
सोमबार, ०४ असार २०८०, १६ : ०४

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले सरकारी सञ्चार माध्यमहरुलाई सत्तारुढ दलहरुको मुखपत्र बनाएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सञ्चारमन्त्री रेखा शर्माले सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यमहरु गोरखा पत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकार र मन्त्रीहरुको मात्रै प्रचार गर्न निर्देशन दिएको भन्दै आक्रोश समेत व्यक्त गरे ।
सांसद सुवालले खुमलटारस्थित रेडियो नेपालको ५० औँ रोपनी जग्गा विक्री गरेर करोडौं कमिसन खाने काम भएको जिकिर गर्दै त्यस्ता गतिविधिमा संलग्नहरुलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरे ।
सांसद सुवालले विज्ञापनहरुको प्रकाशन तथा प्रसारण अनिवार्य रुपमा नेपाली भाषामा हुनुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश मामिला समितिद्वारा जाजरकोट भूकम्प पुनर्निर्माण सम्बन्धी सरकारलाई १० बुँदे निर्देशन र सुझाव
-
कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो
-
आईपीएलमा प्रतिबन्ध, हराएका क्लब र अभागी टोलहरुको कथा
-
बजेटमा कर थपिएकोमा सुनचाँदी व्यवसायीको आपत्ति
-
प्रधानमन्त्रीद्वारा मधेश प्रदेशका ६४ सडकको एकसाथ शिलान्यास
-
दीपशिखाको आग्रह- नारायणहिटीका भूतलाई लखेट्न एकजुट हौँ