शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार बरालिन थाल्यो, कांग्रेस  सजक हुनुपर्छ : शेखर कोइराला

सोमबार, ०४ असार २०८०, २३ : ०७
सोमबार, ०४ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले श्रम अदालत बनाउन पहल गर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसकाे सातौँ महाधिवेशन उद्घाटनमा उनले भने," अन्तरिम संविधानमा श्रम अदालतको व्यवस्था तियो । कम्युनिस्टहरूका कारण २०७२ को संविधानमा श्रम अदालतको व्यवस्था गर्न नसकिएको हो । अब श्रम अदालतका लागि हामीले प्रयास थाल्छौँ ।" 

पार्टीको केन्द्रीय तहमा ट्रेड युनियन कांग्रेसकाे प्रतिनिधित्व गराउने विश्वास दिलाए । यस्तै सरकार बरालिन थालेको नेता कोइरालाले बताए । 

उनले भने, "सरकार कता कता बरालिन थालेको छ । दण्डहिन्ता र भ्रष्टाचारका विरुद्धमा हाम्रो साथीहरू उभिनुपर्छ । सरकारमा कांग्रेस साथीको राम्रो उपस्थित छ। हाम्रा साथीहरू सजक हुनुपर्छ ।"

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप