बाढी पहिरोमा मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँ दिने प्रदेश सरकारको निर्णय
विराटनगर । कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो । यस्तै प्रदेश सरकारले नामकरणको विपक्षमा आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित समितिको प्रशासनिक र व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
यस्तै बाढी पहिरोमा घाइते भएकाको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपचार खर्च दिने पनि प्रदेश सरकारले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी र पहिरोका कारण ८ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । बेपत्ता भएका २८ जनाको अवस्था अझै अज्ञात छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण