टाइटानिकको भग्नावशेष देखाउने पनडुब्बी बेपत्ता, खोजी जारी
टाइटानिकको जहाजको भग्नावशेषसम्म पर्यटक लैजाने पनडुब्बी एट्लान्टिक महासागरमा आइतबारदेखि बेपत्ता छ ।
पनडुब्बीमा पाइलटसहित पाँच जना रहेका छन्, उनीहरूको खोजीका लागि उद्धार कार्य सुरु गरिएको छ ।
पनडुब्बीमा सीमित अक्सिजन रहेको हुनाले हरेक मिनेट महत्त्वपूर्ण भएको अधिकारी बताउँछन् ।
सोमबार बेलुका अधिकारीले भने, ‘उनीहरूसँग यति बेला ७० देखि ९६ घण्टा सम्मकाे अक्सिजन उपलब्ध छ भन्ने अनुमान छ ।’
साना पनडुब्बीहरूले प्रायः पर्यटकहरूलाई टाइटानिकको भग्नावशेषसम्म लैजाने गरेको छ ।
विश्वको प्रसिद्ध जहाज टाइटानिक सन् १९१२ मा समुन्द्रमा डुबेको थियो । उक्त दुर्घटनामा १,५०० भन्दा बढीको मृत्यु भएको थियो । टाइटानिकमा जम्मा २,२०० जना सवार थिए ।
अहिले यो जहाजको भग्नावशेष समुन्द्र मुनी ३ हजार ८ सय मिटरको गहिराइमा छ । यो भग्नावशेष क्यानडाको तटबाट करिब ६०० किलोमिटर टाढा छ ।
सन् १९८५ मा डुबेको टाइटानिकको भग्नावशेष फेला परेको थियो । अब यो भग्नावशेष ओशनगेट कम्पनीको हो, जसले यसलाई देखाउन पनडुब्बीबाट मानिसहरूलाई लैजाने गर्छ ।
कम्पनीले आठ दिनको प्याकेजका लागि प्रति वर्ष साढे दुई लाख डलर लिने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण