शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

टाइटानिकको भग्नावशेष देखाउने पनडुब्बी बेपत्ता, खोजी जारी

मङ्गलबार, ०५ असार २०८०, ०९ : ३०
मङ्गलबार, ०५ असार २०८०

टाइटानिकको जहाजको भग्नावशेषसम्म पर्यटक लैजाने पनडुब्बी एट्लान्टिक महासागरमा आइतबारदेखि बेपत्ता छ ।

पनडुब्बीमा पाइलटसहित पाँच जना रहेका छन्, उनीहरूको खोजीका लागि उद्धार कार्य सुरु गरिएको छ ।

पनडुब्बीमा सीमित अक्सिजन रहेको हुनाले हरेक मिनेट महत्त्वपूर्ण भएको अधिकारी बताउँछन् ।

सोमबार बेलुका अधिकारीले भने, ‘उनीहरूसँग यति बेला ७० देखि ९६ घण्टा सम्मकाे अक्सिजन उपलब्ध छ भन्ने अनुमान छ ।’

साना पनडुब्बीहरूले प्रायः पर्यटकहरूलाई टाइटानिकको भग्नावशेषसम्म लैजाने गरेको छ ।

विश्वको प्रसिद्ध जहाज टाइटानिक सन् १९१२ मा समुन्द्रमा डुबेको थियो । उक्त दुर्घटनामा १,५०० भन्दा बढीको मृत्यु भएको थियो । टाइटानिकमा जम्मा २,२०० जना सवार थिए ।

अहिले यो जहाजको भग्नावशेष समुन्द्र मुनी ३ हजार ८ सय मिटरको गहिराइमा छ । यो भग्नावशेष क्यानडाको तटबाट करिब ६०० किलोमिटर टाढा छ ।

सन् १९८५ मा डुबेको टाइटानिकको भग्नावशेष फेला परेको थियो । अब यो भग्नावशेष ओशनगेट कम्पनीको हो, जसले यसलाई देखाउन पनडुब्बीबाट मानिसहरूलाई लैजाने गर्छ ।

कम्पनीले आठ दिनको प्याकेजका लागि प्रति वर्ष साढे दुई लाख डलर लिने गर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप