दुई लघुवित्तलाई मर्जरका लागि बोर्डले दियो अनुमति
मङ्गलबार, ०५ असार २०८०, १० : ५१
काठमाडौँ । दुई लघुवित्त वित्तीय संस्थाहरूले आपसमा गाभ्न र गाभिन तथा प्राप्त गर्न स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले दुई लघुवित्तलाई आपसमा गाभिएर एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो ।
यसअघि, साना किसान लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गाभिने स्वीकृति माग गरेका थिए । उक्त स्वीकृति पत्रमा कारबाही गर्दै बोर्डले गाभ्न÷गाभिन र प्राप्त गर्नका लागि स्वीकृति दिएको जानकारी दिएको छ ।
बोर्डले धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम गाभ्ने/गाभिने अन्तिम स्वीकृति प्रदान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण