आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

दुई लघुवित्तलाई मर्जरका लागि बोर्डले दियो अनुमति

मङ्गलबार, ०५ असार २०८०, १० : ५१
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । दुई लघुवित्त वित्तीय संस्थाहरूले आपसमा गाभ्न र गाभिन  तथा प्राप्त गर्न स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले दुई लघुवित्तलाई आपसमा गाभिएर एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो । 

यसअघि, साना किसान लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गाभिने स्वीकृति माग गरेका थिए । उक्त स्वीकृति पत्रमा कारबाही गर्दै बोर्डले गाभ्न÷गाभिन र प्राप्त गर्नका लागि स्वीकृति दिएको जानकारी दिएको छ ।

बोर्डले धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम गाभ्ने/गाभिने अन्तिम स्वीकृति प्रदान गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप