फ्रान्सको ओलम्पिक मुख्यालयमा प्रहरीको छापा

काठमाडौं । फ्रान्सको प्रहरीले राजधानी सहर पेरिसस्थित ओलम्पिक मुख्यालयमा छापा मारेको छ । आर्थिक अनियमितताको अनुशन्धानका क्रममा प्रहरीले राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयमा छापा मारेको हो । फ्रान्सले सन् २०२४ को ओलम्पिक खेलकुद आयोजना गर्दैछ ।
३३औं ओलम्पिक खेलकुद आयोजनाको तयारीका क्रममा आर्थिक अनियमितता भएको समाचार प्रकाशमा आएपछि फ्रान्सको प्रहरीले त्यसको अनुशन्धान गरिरहेको छ । फ्रान्सका प्रहरी अधिकारीहरुले आर्थिक अनियमितताको अनुशन्धानका क्रममा छापा मारिएको बताएको छ ।
आगामी ओलम्पिक खेलकुदका लागि पूर्वाधार निर्माण गर्ने क्रममा ब्यापक आर्थिक अनियमितता भएको प्रहरीको आशंका छ । खासगरी ओलम्पिक आयोजकहश्रले भौतिक पूर्वाधार निर्माणका लागि सम्झौता गर्दा आर्थिक फाइदा लिएको प्रहरीको आशंका छ ।
ओलम्पिक आयोजकहरुले भने आफूहरुमाथि लगाइएको आरोप निराधार भएको बताउँदै आएका छन् । ‘हामी अनुशन्धानकर्ताहरुलाई सघाउन तयार छौं । अनुशन्धानका क्रममा आवश्यक सबै जानकारी पनि उपलब्ध गराइने छ,’ पेरिस ओलम्पिक आयोजक समितिका प्रवक्ताले भनेका छन् ।
पेरिस ओलम्पिक सन् २०२४ को जुलाई २६ देखि अगस्त ११ तारिखसम्म आयोजना हुँदैछ । त्यसपछि पेरिसमै पारा ओलम्पिक खेलकुद आयोजना हुनेछ । गत मेमा फ्रान्सको राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ब्रिगिट हेनरिक्सले अप्रत्यासित रुपमा पदबाट राजीनामा दिएका थिए । उनले पदबाट राजीनामा दिनुको पछाडि कुनै कारण उल्लेख गरेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
-
आठौँ 'म्याङ्गो राइड' सुरु, कुलमानले गरे झन्डा हल्लाएर बिदाइ (तस्बिरहरू)
-
सङ्घीय अनुदानमा निर्भरता घटाउन कर्णालीले आन्तरिक आयमा ध्यान दिनुपर्छ
-
विराटनगरका मेयर कोइराला इजरायलबाट स्वदेश फर्किए
-
प्रदेश सधैँ अनुदानमा आश्रित हुनु हुँदैन
-
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान