योग शिक्षालाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले योग शिक्षालाई देशले राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग शिक्षालाई देशले राष्ट्रिय नीतिका रूपमा आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको बताए। उनले मानिसले योगलाई आफ्नो जीवनशैलीसँग जोड्नसके मानिस स्वस्थ हुने बताए ।
सांसद पौडेलले स्वास्थ्य बन्न चाहने मानिस योगसँग जोडिन आवश्यक रहेको उल्लेख गरे । । उनले योग शिक्षालाई नेपालको जरा जरासम्म पु¥याउन सक्नुपर्ने बताए ।
सांसद पौडेलले नेपाली स्वस्थ भएमात्रै नेपाल स्वस्थ हुनसक्ने र नेपाली स्वस्थ हुनका लागि योगसँग जोडिन आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षाअन्तर्गत सरकारले उपचारमा सहयोग गर्ने भन्दापनि रोग लाग्नै नदिने उपायको खोजी गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण