अवैतनिक राजदूतबाट छिटो राहदानी दिने व्यवस्था गर्न माधव नेपालको प्रस्ताव
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै नेपालीहरु भएका देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने व्यवस्था गर्नुपर्ने धारण राखेका छन् ।
बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले यसबारे सरकारले पहल थाल्नुपर्नेमा जोड दिए ।
उनले कतिपय देशका दूतावासमा कर्मचारीहरू कम हुँदा समयमा काम सम्पन्न गर्न कठिनाइ भएको गुनासो आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले समयमा नै राहदानी खरिद गर्नसके कम मूल्य पर्ने समेत बताए । यसअघि समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले ग्लोबल टेन्डर प्रक्रिया झन्झटिलो भएकाले खरिद महँगो भएको बताएका थिए । तर नेपाले सरकारले सीमित समयभित्र कति राहदानी आवश्यक पर्छ ? भन्नेकुरालाई ध्यानमा राखी समयमै खरिद गर्न सक्नुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले भेरियसनको नाममा म्यानुपुलेशन बढी हुने भन्दै यसतर्फ सचेत रहनुपर्ने पनि बताए । उनले समयमा नै राहदानी खरिद गर्न नसके राहदानीको मूल्य ठेकेदारहरूले बढाउँदै लैजाने गरेको बताए ।
उनले भने, ‘राहदानी प्रिन्ट गर्न कति समयसम्म उसले सप्लाई गर्नसक्छ ? भन्नेकुरा पक्कै ध्यानमा राखिएको हो । यो भेरियसनको नाममा म्यानुपुलेशन ज्यादा हुने गर्दछ । भेरियसनको नाममा विभिन्न ठेक्कापट्टामा मूल्य वृद्धि गर्ने हुन्छ ।’
अध्यक्ष नेपालले राहदानी खरिदमा देखिएका विकृति, विसंगतिमा सरकारको ध्यान कति गएको छ ? भन्दै प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण