गोलीबारीमा चार इजरायलीको मृत्यु
तेल अविव । एली समुदाय नजिकैको ग्यास स्टेशनमा मङ्गलबार दुई प्यालेस्टाइनीहरूले गोली चलाउँदा चार इजरायलीको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन्। चारैजनालाई आपतकालीन उद्धारकर्ताहरूले घटनास्थलमै मृत घोषणा गरेका थिए। अन्य चारजनालाई अस्पतालमा भर्ना गरिएको छ जसमा एकको अवस्था गम्भीर छ, दुईजना सामान्य घाइते छन् । इजरायल डिफेन्स फोर्सले जनाए अनुसार चार जना घाइते मध्ये एक आम नागरिक हुन् ।
सेनाले एलीको १,००० बासिन्दाहरूलाई उनीहरूको घरमा बस्न र ढोका र झ्यालहरू बन्द गर्न भनेको छ । यसैबीच रक्षा मन्त्री योभ ग्यालान्टले स्थितिबारे छलफल गर्न वरिष्ठ रक्षा अधिकारीहरूसँग बैठक गर्ने बताएका छन्।
आइतबार जेनिनमा भएको भीषण झडपपछि जुडिया र सामरियामा तनाव बढेको छ। सशस्त्र समूहहरूले सडक मुनि गाडिएको ४० किलो बम निस्तेज पारेको छ । यता हमासका प्रवक्ताले आक्रमणको प्रशंसा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण