के विस्फोट पछि टाइटान पनडुब्बी दुई टुक्रा भएको थियो ?
अमेरिकी नौसेनाले पनडुब्बी टाइटानले सतहसँग सम्पर्क गुमाएको केही समयपछि नै आफूहरूले ‘विस्फोटसँग सम्बन्धित आवाजमा गडबडी’ बारे पत्ता लगाएको बताएको छ ।
बीबीसीको अमेरिकी पार्टनर सीबीएसले यो जानकारी दिएको हो ।
अमेरिकी नौसेनाले यो जानकारी पनडुब्बी खोजी अभियानमा संलग्न अमेरिकी तट रक्षक गार्डलाई दिएको थियो । त्यसैका आधारमा तट रक्षकले पनडुब्बीको सही स्थान थाहा पाउन खोजी कार्यको दायरा सीमित गरेको थियो ।
यसअघि पनडुब्बी भित्रबाट ठोक्किएको आवाज आएको थियो । तर पछि थाहा भयो कि यो आवाज त्यहाँ भएका अन्य जहाजहरू बाट आइरहेको थियो । टाइटनको भग्नावशेष फेला परेपछि खोजी अभियानमा जुटेकाहरूले यो दुर्घटना कसरी भयो भन्नेबारे पत्ता लगाउने कोसिस गर्नेछन् ।
खोजी अभियानमा रहेका मानिसहरूले त्यसमा भयानक विस्फोट भएको बताएका थिए । भग्नावशेष दुई भागमा फेला परेकाले विस्फोट भएको हुनसक्ने बताइएको छ । एउटा यसको पछाडिको भग्नावशेष थियो र अर्को ल्यान्डिङ फ्रेमको थियो । यसै कारण टाइटन दुई भागमा टुक्रिएको आशङ्का गरिएको छ ।
बेलायतको रोयल नेवीका पूर्व पनडुब्बी कप्तान रेयान रामसेका अनुसार टाइटानलाई खास के भएको थियो भन्नेबारे पत्ता लगाइनेछ । यो दुर्घटनालाई रोक्न सकिन्थ्यो भनेर पनि अनुसन्धान गरिनेछ ।
छानबिन टोलीले वास्तविकता थाहा पाउन टाइटानका सबै भग्नावशेष सङ्कलन गर्ने प्रयास गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण