मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

के विस्फोट पछि टाइटान पनडुब्बी दुई टुक्रा भएको थियो ?

शुक्रबार, ०८ असार २०८०, १० : ४८
शुक्रबार, ०८ असार २०८०

अमेरिकी नौसेनाले पनडुब्बी टाइटानले सतहसँग सम्पर्क गुमाएको केही समयपछि नै आफूहरूले ‘विस्फोटसँग सम्बन्धित आवाजमा गडबडी’ बारे पत्ता लगाएको बताएको छ ।

बीबीसीको अमेरिकी पार्टनर सीबीएसले यो जानकारी दिएको हो ।

अमेरिकी नौसेनाले यो जानकारी पनडुब्बी खोजी अभियानमा संलग्न अमेरिकी तट रक्षक गार्डलाई दिएको थियो । त्यसैका आधारमा तट रक्षकले पनडुब्बीको सही स्थान थाहा पाउन खोजी कार्यको दायरा सीमित गरेको थियो ।

यसअघि पनडुब्बी भित्रबाट ठोक्किएको आवाज आएको थियो । तर पछि थाहा भयो कि यो आवाज त्यहाँ भएका अन्य जहाजहरू बाट आइरहेको थियो । टाइटनको भग्नावशेष फेला परेपछि खोजी अभियानमा जुटेकाहरूले यो दुर्घटना कसरी भयो भन्नेबारे पत्ता लगाउने कोसिस गर्नेछन् ।

खोजी अभियानमा रहेका मानिसहरूले त्यसमा भयानक विस्फोट भएको बताएका थिए । भग्नावशेष दुई भागमा फेला परेकाले विस्फोट भएको हुनसक्ने बताइएको छ । एउटा यसको पछाडिको भग्नावशेष थियो र अर्को ल्यान्डिङ फ्रेमको थियो । यसै कारण टाइटन दुई भागमा टुक्रिएको आशङ्का गरिएको छ ।

बेलायतको रोयल नेवीका पूर्व पनडुब्बी कप्तान रेयान रामसेका अनुसार टाइटानलाई खास के भएको थियो भन्नेबारे पत्ता लगाइनेछ । यो दुर्घटनालाई रोक्न सकिन्थ्यो भनेर पनि अनुसन्धान गरिनेछ ।

छानबिन टोलीले वास्तविकता थाहा पाउन टाइटानका सबै भग्नावशेष सङ्कलन गर्ने प्रयास गर्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप