मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म टाइटानिकका निर्देशकले टाइटान दुर्घटनाग्रस्त हुनुको सम्भावित कारण खुलाए

शुक्रबार, ०८ असार २०८०, ११ : १८
शुक्रबार, ०८ असार २०८०

डुबेको जहाज टाइटानिकबारे बनेको चर्चित फिल्म ‘टाइटानिक’ का निर्देशक जेम्स क्यामरुनले आफूले पनडुब्बी दुर्घटनाको सिकार भइसकेको कुरामा शङ्का लागेको बताएका छन् । 

टाइटानसम्म ३३ डाइभ पुरा गरिसकेका क्यामरुनले बीबीसी न्युजसँगको कुराकानीमा टाइटन पनडुब्बी आइतबार हराउँदा त्यति बेला आफू एक जहाजमा भएको बताए ।

तर सोमबारसम्म उनले पनडुब्बी बेपत्ता भएको खबर सुनेका थिएनन् । पनडुब्बीले बाटो र सम्पर्क गुमाएको थाहा पाएपछि उनले पनडुब्बी दुर्घटनाको सिकार भएको आशङ्का गरेका थिए ।

क्यामरुनले भने, ‘मेरो त हड्डी नै गल्यो । मलाई लाग्छ, पनडुब्बीको इलेक्ट्रोनिक्स फेल भएको होला र यसको सञ्चार प्रणालीले पनि काम गर्न बन्द गरेको हुनुपर्छ । यसका साथै यसको ट्र्याकिङ ट्रान्सपोन्डरले पनि काम गर्न बन्द गरेको हुनुपर्छ ।’

क्यामरुनले गत हप्ता बीबीसी न्युजसँगको कुराकानीमा भनेका थिए, ‘मैले एउटा लामो र खराब सपना जस्तो महसुस गरेँ जहाँ मानिसहरू यता उति दौडिरहेको तेज आवाज र अक्सिजन र अन्य सबै चिजबारे कुरा गरिरहेका छन् ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप