फिल्म टाइटानिकका निर्देशकले टाइटान दुर्घटनाग्रस्त हुनुको सम्भावित कारण खुलाए
डुबेको जहाज टाइटानिकबारे बनेको चर्चित फिल्म ‘टाइटानिक’ का निर्देशक जेम्स क्यामरुनले आफूले पनडुब्बी दुर्घटनाको सिकार भइसकेको कुरामा शङ्का लागेको बताएका छन् ।
टाइटानसम्म ३३ डाइभ पुरा गरिसकेका क्यामरुनले बीबीसी न्युजसँगको कुराकानीमा टाइटन पनडुब्बी आइतबार हराउँदा त्यति बेला आफू एक जहाजमा भएको बताए ।
तर सोमबारसम्म उनले पनडुब्बी बेपत्ता भएको खबर सुनेका थिएनन् । पनडुब्बीले बाटो र सम्पर्क गुमाएको थाहा पाएपछि उनले पनडुब्बी दुर्घटनाको सिकार भएको आशङ्का गरेका थिए ।
क्यामरुनले भने, ‘मेरो त हड्डी नै गल्यो । मलाई लाग्छ, पनडुब्बीको इलेक्ट्रोनिक्स फेल भएको होला र यसको सञ्चार प्रणालीले पनि काम गर्न बन्द गरेको हुनुपर्छ । यसका साथै यसको ट्र्याकिङ ट्रान्सपोन्डरले पनि काम गर्न बन्द गरेको हुनुपर्छ ।’
क्यामरुनले गत हप्ता बीबीसी न्युजसँगको कुराकानीमा भनेका थिए, ‘मैले एउटा लामो र खराब सपना जस्तो महसुस गरेँ जहाँ मानिसहरू यता उति दौडिरहेको तेज आवाज र अक्सिजन र अन्य सबै चिजबारे कुरा गरिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण