किसानलाई उत्पादनको मूल्य दिन सरकारले समर्थन मूल्य तोक्दै जानेछ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानले कृषि उपजको उचित मूल्य नपाउने अवस्था अन्त्य गर्न मूल्य तोक्दै जाने नीति लिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुन नर्सिङ केसीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले किसानले खाद्य बस्तुको मूल्य पाउनका लागि उत्पादन हुनु पूर्व नै समर्थन मूल्य तोक्ने व्यवस्था गरेको बताए ।
दूध उत्पादक किसानले पाउने मूल्य तोकिएको बताउँदै उखु उत्पादक किसानलाई रु ७० प्रतिक्विन्टलको हिसाबले अनुदान दिने व्यवस्था मिलाइएको बताए ।
प्रधानमन्त्री प्रचण्डले तरकारीको बजार प्रणालीमा देखिएका समस्या समाधान गर्न विकेन्द्रित प्रणाली अपनाई प्रदेश सरकार र स्थानीय सरकारलाई समेत जिम्मेवार बनाउने गरी काम अघि बढाएको बताए ।
बजारको माग अनुसार नासवान कृषि सामग्रीको बिक्रीका लागि बजार सूचना प्रणाली स्थापना गरी कृषकहरूलाई सुसूचित गर्ने कार्यक्रम बनाइएको बताए । बढी उत्पादन भएको कृषि उपज कोल्ड स्टोरमा राख्ने गरी विकासको काम अघि बढिरहेको बताए ।
सरकारले केही कृषि उपजको समर्थन मूल्य तोकिसकेको बताउँदै अन्य उपजको पनि न्यूनतम समर्थन मूल्य तोक्दै जाने सरकारको नीति रहेको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण